BIZMANDU
www.bizmandu.com

आजको मौसम : पहाडी भेगमा आज पनि वर्षाको सम्भावना, हिमपातको पूर्वानुमान

२०८२ बैशाख २

आजको मौसम : पहाडी भेगमा आज पनि वर्षाको सम्भावना, हिमपातको पूर्वानुमान
आजको मौसम : पहाडी भेगमा आज पनि वर्षाको सम्भावना, हिमपातको पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रही बाँकी भेगमा मूख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरू र बाँकी भेगका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रही बाँकी भेगमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।