BIZMANDU
www.bizmandu.com

एनएसएल: आत्मघाती गोलमा झापालाई हराउँदै धनगढी बन्यो प्लेअफमा पुग्ने दोस्रो टोली

२०८२ बैशाख १

एनएसएल: आत्मघाती गोलमा झापालाई हराउँदै धनगढी बन्यो प्लेअफमा पुग्ने दोस्रो टोली
एनएसएल: आत्मघाती गोलमा झापालाई हराउँदै धनगढी बन्यो प्लेअफमा पुग्ने दोस्रो टोली


काठमाडौं। धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुगेको छ। आज सम्पन्न दोस्रो खेलमा झापा एफसीलाई १-० गोलअन्तरले हराउँदै धनगढी प्लेअफमा पुगेको हो।

Tata
GBIME

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न खेलमा धनगढीले साँघुरो जित निकाल्न ६० औँ मिनेटमा निर्णायक गोल भएको थियो। धनगढीका अहमद हिजाजीलाई गोल गर्नबाट रोक्ने प्रयासमा रहेका झापा एफसीका दीपेश धिमालले गरेको आत्मघाती गोल धनगढीको जितका लागि पर्याप्त बन्यो।

योसँगै एनएसएलको प्लेअफमा पुग्ने धनगढी दोस्रो टोली बनेको छ। यसअघि ललितपुर सिटीले प्लेअफमा स्थान बनाएको थियो। शीर्ष दुईमा रहेका यी दुई टोलीले समान ५ खेल खेल्दै ११ अंक बनाएका छन्।

आजै सम्पन्न पहिलो खेलमा काठमाडौं रेजर्सले एफसी चितवनलाई २-० गोलअन्तरले हराएको थियो।