काठमाडौं। नेेप्से परिसूचक एक वर्षमा २३.९२ प्रतिशतले बढेको छ। २०८० चैत मसान्तमा २०२५.२१ अंकमा रहेको सेयर बजार एक वर्षपछि २०८१ चैत मसान्तमा आइपुग्दा २६६२ विन्दुमा पुगेको छ।
२०७८ भदौमा ३१९८ विन्दुमा पुगेर रेकर्ड कायम गरेको बजार त्यसपछि निरन्तर ओरालो लागेर २०७९ असोज ९ गते १८१५ अंकसम्म आइपुगेकामा गत असारमा सत्ता गठबन्धन फेरिएपछि उकालो लागेको हो।
साउन ३१ गते नेप्से ३००० विन्दुमा पुग्दा २९ अर्ब ९५ करोड रुपैैयाँको कीर्तिमानी कारोबार भएको थियो। बजार पुँजीकरणले समेत रेकर्ड कायम गरेको थियो।
नेप्से भदौपछि तीव्र उचारचढाव आयो। असोज १३ गते २४६४ विन्दुमा झरेको नेप्से फागुन १८ गते २८९० अंकमा पुग्यो।
२०८० चैतमा ३२ खर्ब १२ अर्ब १ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८१ चैत मसान्तसम्म आइपुग्दा ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।