BIZMANDU
www.bizmandu.com

सरकारको ९ महिनाको हिसाबकिताब : पुँजीगततर्फ २९% मात्र खर्च, राजस्व ५८ प्रतिशत उठ्यो

२०८२ बैशाख १

सरकारको ९ महिनाको हिसाबकिताब : पुँजीगततर्फ २९% मात्र खर्च, राजस्व ५८ प्रतिशत उठ्यो
सरकारको ९ महिनाको हिसाबकिताब : पुँजीगततर्फ २९% मात्र खर्च, राजस्व ५८ प्रतिशत उठ्यो


काठमाडौं। चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा पनि विकास निर्माणले तीव्रता पाउन नसकेको तथ्यांकले देखाएको छ। ९ महिनामा पुँजीगततर्फ एक तिहाइ पनि खर्च हुन सकेको छैन।

Tata
GBIME
NLIC

महालेखा परीक्षकको कार्यालयमा अनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म पुँजीगत बजेट २९.२ प्रतिशत मात्र खर्च भएको छ। सरकारले यो आर्थिक वर्ष पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याएकामा ९ महिनामा १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ खर्च भएको छ।

विकास निर्माणमा सुस्त देखिएको सरकारले चालुतर्फ भने ५९.४५ प्रतिशत बजेट खर्च गरेको छ। यो वर्ष चालुतर्फ ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरिएकामा चैत मसान्तसम्म ६ खर्ब ७८ अर्ब रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

राजस्वको लक्ष्यमा पनि सरकार क्रमश: पछि पर्दै गएको छ। १४ खर्ब १९ अर्ब राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा चैत २९ सम्म ८ खर्ब २१ अर्ब मात्र उठेको छ।

लक्ष्य पूरा गर्ने हो भने तीन महिनामा ६ खर्ब रुपैयाँ उठाउनुपर्ने देखिन्छ।

कार्यालयले चैतको अन्तिम दुई दिनमा संकलन भएको राजस्व भने आफ्नो प्रणालीमा राखेको छैन।