BIZMANDU
www.bizmandu.com

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो १० लाख ५५ हजार कित्ता

२०८१ चैत्र ३१

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो १० लाख ५५ हजार कित्ता
लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो १० लाख ५५ हजार कित्ता

काठमाडौं। लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

Tata
GBIME

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ पुगेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० मा बोनस र नगद गरेर ८.५ प्रतिशत प्रतिफल दिएको थियो।