BIZMANDU
www.bizmandu.com

वर्षान्तमा बढेन सेयर बजार, सूचक ८.६२ अंकले घट्दै २६६२.०८ विन्दुमा, कारोबार रकममा सुधार

२०८१ चैत्र ३१

वर्षान्तमा बढेन सेयर बजार, सूचक ८.६२ अंकले घट्दै २६६२.०८ विन्दुमा, कारोबार रकममा सुधार
वर्षान्तमा बढेन सेयर बजार, सूचक ८.६२ अंकले घट्दै २६६२.०८ विन्दुमा, कारोबार रकममा सुधार

काठमाडौं। २०८१ सालको अन्तिम दिन सेयर बजारले लगानीकर्तालाई निराश पारेको छ। आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा आएको छ। बजार परिसूचक घटे पनि गत साताको अन्तिम कारोबार दिनका तुलनामा कारोबार रकममा भने सुधार आएको छ।

Tata
GBIME

साताको पहिलो दिन कारोबारमा आएका होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्।

१५७ कम्पनीको मूल्यमा गिरावट आएको छ। दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। वीन नेपाल लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। सिन्धु विकास बैंकको सेयर ९.०८ प्रतिशतले घटेको छ।

८८ कम्पनीको सेयरमूल्य बढ्दा भने लगानीकर्ताले कमाएका छन्। एउटा डिबेन्चर र दुई कम्पनीको सेयरमूल्य बढेर सर्किट लागेको छ। गुडविल फाइनान्स डिबेन्चर २०८३, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

६ अर्ब २८ करोड २ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक सीइडीबी होल्डिङ्सको ४५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ४४ करोड ४६ लाख र राधी विद्युत कम्पनीको ४३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि गत बिहीबार सेयर बजार परिसूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा रहँदा ५ अर्ब ६३ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। उक्त दिन राधी विद्युत कम्पनीको सर्वाधिक ३५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।