BIZMANDU
www.bizmandu.com

बसीरको अर्धशतकले हङकङमा जोगिएन नेपाल, फाइनलमा कुवेतसँग ३ रनले पराजित

२०८१ चैत्र ३१

बसीरको अर्धशतकले हङकङमा जोगिएन नेपाल, फाइनलमा कुवेतसँग ३ रनले पराजित
बसीरको अर्धशतकले हङकङमा जोगिएन नेपाल, फाइनलमा कुवेतसँग ३ रनले पराजित


काठमाडौं। नेपाली क्रिकेट टोली हङकङ सिरिजमा च्याम्पियन बन्न चुकेको छ। चारदेशीय टी-२० सिरिज अन्तर्गत फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेत च्याम्पियन बनेको छ।

Tata
GBIME

हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कुवेतलाई पहिले ब्याटिङको निम्ता दिएका थिए।

कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। रविजा सन्दरुवनले सर्वाधिक ६३ रन, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३ र मित भवसारले १६ रन बनाए।

बलिङतर्फ सोमपाल कामी र नन्दन यादवले समान २ तथा करण केसी र कुशल भुर्तेलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन। ४.५ ओभरमा २८-५ को खराब अवस्थामा पुगिसकेको नेपालको पारी बसीरले उकासे। उनले ८० रन बनाए। यस्तै नन्दन यादवले ३७ र आशिफ शेखले २१ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको रन नै जोड्न सकेनन्। नेपाल १९.३ ओभरमा १७१ रनमा अलआउट हुन पुग्यो।

कुवेतका अनुदीप चेन्थामाराले सर्वाधिक ३, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान २ तथा मोहम्मद सफिक र मोहम्मद अस्लमले समान १ विकेट लिए।

सिरिजमा नेपाल र कुवेत शीर्ष दुईमा रहँदै फाइनल पुगेका थिए।

लिग चरणमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो।

अर्कातर्फ कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले हराएको थियो।

आइतबार सम्पन्न अर्को खेलमा हङकङलाई हराउँदै कतार तेस्रो भएको छ।