BIZMANDU
www.bizmandu.com

हयात रिजेन्सीमा ला डोल्चे भिटा: इटालियन वाइन र फाइभ कोर्स फाइन डाइनिङ आयोजना हुँदै

२०८१ चैत्र ३१

हयात रिजेन्सीमा ला डोल्चे भिटा: इटालियन वाइन र फाइभ कोर्स फाइन डाइनिङ आयोजना हुँदै
हयात रिजेन्सीमा ला डोल्चे भिटा: इटालियन वाइन र फाइभ कोर्स फाइन डाइनिङ आयोजना हुँदै

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले बिस्कार्डो वाइनसँगको सहयकार्यमा रोक्स रेष्टुरेन्टमा वाइइन डिनर आयोजना गर्ने भएको छ।

Vigo
GBIME
Tata

इटालियन संस्कृति, भोजनसँगे उत्कृष्ट वाइनको स्वाद लिँदै डिनरको अनुभव गराउने उद्देश्यले यो कार्यक्रम राखिएको हयातले जनाएको छ।

नयाँ वर्ष २०८२ बैशाख ३ गते हयातको रोक्स रेष्टुरेन्टमा हुने कार्यक्रमको शुल्क प्रति व्यक्ति ५ हजार ५५५ रुपैयाँ तोकिएको छ।

कार्यक्रममा सहभागी हुन बिस्कार्डो वाइन मेकर इटालीबाट आउने हयातले जनाएको छ। पाहुनाहरुले फाइभ कोर्स को क्यूरेटेड मेनूबाट परिकार छनोट गर्न पाउनेछन्।

कार्यक्रमा लाइभ भायोलिन प्रस्तुती समेत हुनेछ।