BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकबाट तीन जना कार्यकारी निर्देशक अवकाश, उप्रेती, सिग्देल र खरेलको पदोन्नति हुँदै

२०८१ चैत्र ३१

राष्ट्र बैंकबाट तीन जना कार्यकारी निर्देशक अवकाश, उप्रेती, सिग्देल र खरेलको पदोन्नति हुँदै
राष्ट्र बैंकबाट तीन जना कार्यकारी निर्देशक अवकाश, उप्रेती, सिग्देल र खरेलको पदोन्नति हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको पदपूर्ति समितिले आज तीन जनालाई कार्यकारी निर्देशकमा पदोन्नति गर्ने भएको छ।

Tata
GBIME

मुकुन्द क्षेत्री, पिताम्बर भण्डारी र सुमनकुमार अधिकारी अवकाश भएपछि रिक्त रहेको कार्यकारी निर्देशकमा तीन जनालाई पदोन्नति गरिने भएको हो।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले गत शुक्रबार सूचना जारी गर्दै तीन जनालाई बढुवा गरिने जनाएको थियो।

गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका निर्देशक चेतप्रसाद उप्रेती, सम्पति तथा सेवा व्यवस्थापन विभागका निर्देशक रोशनकुमार सिग्देल र बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा पदोन्नति गर्न लागिएको हो।

पदोन्नतिपछि कार्यवाहक गभर्नर निलम ढुंगानाले उनीहरुको विभाग तोक्ने छिन्।