BIZMANDU
www.bizmandu.com

बैशाखका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, कुन बैंकको कति ?

२०८१ चैत्र ३१

बैशाखका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, कुन बैंकको कति ?
बैशाखका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, कुन बैंकको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि मुद्दतीको ब्याजदर यथावत राखेका छन्। चैत महिनाको तुलनामा बैशाख १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएको हो।

Tata
GBIME

बैशाखका लागि १७ वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्।

सानिमा, कुमारी र नेपाल बैंकले भने ब्याजदर घटाएका छन्। एभरेष्ट बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। एभरेष्ट बैंकले ब्याजदर ६ प्रतिशतबाट ६.६१ प्रतिशत पुर्‍याएको छ।

पछिल्लो महिना जस्तै बैशाखका लागि पनि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ। नेपाल बैंकको ब्याजदर सबैभन्दा कम छ। नेपाल बैंकले ५.१५ प्रतिशत ब्याजदर कायम गरेको छ।

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्।

कुन बैंकको ब्याजदर कति ?

बैंकमाघफागुनचैतबैशाख
नबिल५.७५५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५६.५६.५६.५
माछापुच्छ्रे६.५६.५
हिमालयन६.२५६.२५५.५०५.५०
नेपाल एसबिआई५.५५.५५.५५.५
एभरेष्ट६.६१
एनआईसी एसिया६.६६.६६.६६.६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५५.७५
कुमारी६.०१६.०१६.०१५.९२
सिद्धार्थ
सानिमा६.०५६.०५६.०५५.९५
एनएमबि६.६६.६६.६६.६
प्रभु६.१६.१६.१६.१
ग्लोबल आइएमई५.७५
सिटिजन५.६५५.६५५.६५५.६५
प्राइम कमर्सियल६.२५६.२५६.२५६.२५
कृषि विकास५.५१५.५१५.५१५.५१
नेपाल बैंक५.६५.६५.५५.१५
राष्ट्रिय वाणिज्य बैंक
स्रोत:बैंक तथा वित्तीय संस्थाहरु