BIZMANDU
www.bizmandu.com

धोनीको चेन्नइ सुपर किंग्स लगातार पाँचौँ खेलमा पनि पराजित, आईपीएलमा आज दुई खेल

२०८१ चैत्र ३०

धोनीको चेन्नइ सुपर किंग्स लगातार पाँचौँ खेलमा पनि पराजित, आईपीएलमा आज दुई खेल
धोनीको चेन्नइ सुपर किंग्स लगातार पाँचौँ खेलमा पनि पराजित, आईपीएलमा आज दुई खेल


चेन्नइ सुपर किंग्स लगातार पाँचौँ खेलमा पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा उत्रिएको चेन्नइ सुपर किंग्स कोलकाता नाइटराइडर्ससँग ८ विकेटले पराजित भएको हो।

Tata
GBIME

चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। चेन्नइका लागि रविचन्द्रन अश्विनले सर्वाधिक ३१ रन बनाउँदा विजय शंकरले २९, राहुल त्रिपाठीले १६ तथा डेभोन कोन्वेले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

बलिङमा कोलकाताका सुनिल नारेनले सर्वाधिक ३ विकेट लिँदा हर्षित राना र वरुण चक्रवर्तीले समान २ तथा वैभव अरोरा र मोइन अलीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १०.१ ओभरमै २ विकेट गुमाएर लक्ष्य भेट्टायो। कोलकाताका लागि सुनिल नारेनले सर्वाधिक ४४ रन बनाउँदा क्विन्टन डि ककले २३ रन बनाए। त्यस्तै, अजिन्य रहाणे २० र रिंकु सिंह १५ रनमा अविजित रहे।

बलिङमा चेन्नइका अन्सुल कमबोज र नूर अहमदले समान १ विकेट लिए। आईपीएलमा जितसँग सुरुवात गरेको चेन्नइ त्यसयताका पाँच खेलमा लगातार पराजित छ। कोलकाता नाइट राइडर्स भने ६ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

आईपीएलमा आज दुई खेल हुँदैछ। लखनउमा हुने पहिलो खेलमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स भिड्नेछन् भने हैदराबादमा हुने दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पञ्जाब किंग्स भिड्नेछन्।