BIZMANDU
www.bizmandu.com

एनएसएल तेस्रो संस्करणमा हिजाजी बने ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी, काठमाडौं पराजित

२०८१ चैत्र २९

एनएसएल तेस्रो संस्करणमा हिजाजी बने ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी, काठमाडौं पराजित
एनएसएल तेस्रो संस्करणमा हिजाजी बने ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी, काठमाडौं पराजित


काठमाडौं। धनगढी एफसी अहमद हिजाजी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी बनेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा हिजाजीले काठमाडौं रेजर्स विरुद्ध ह्याट्रिक गोल गर्दा धनगढीले ३-१ गोलको प्रभावशाली जित निकालेको हो।

Tata
GBIME

खेलको २१ औँ मिनेटमा अमडोउ डिओपको गोलमा काठमाडौंले अग्रता बनाएको थियो। तर, ३५ औँ मिनेटमा हिजाजीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै उनैले कृतिश रत्न छुन्जुले सिर्जना गरेको अवसरमा ४१ औँ मिनेटमा गोल थप्दै अग्रता बनाए।

पहिलो हाफको इन्ज्युरी समयमा हिजाजीले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे। यसपटक सर्जियो बारबोजाको पासमा उनले गोल गरे।

दोस्रो हाफमा दुबै टोली १० खेलाडीमा समेटिए। ८६ औँ मिनेटमा काठमाडौंका भिनसेन्ट कोजिएल्लो र धनगढीका रन्दिप पौडेल रेडकार्ड ब्यहोर्दै बाहिरिए।

रेडकार्ड देखाउँदै रेफ्री प्रज्वल क्षेत्री। तस्बिर: एनएसएल

जितसँगै धनगढी एफसी ललितपुर सिटीलाई पछिपार्दै शीर्षस्थानमा उक्लिएको छ। अंकतालिकामा यी दुबै टोलीको समान ८ अंक छ।