काठमाडौं। राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
शुक्रबार अदालतमा उपस्थित गराइएका प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो। शुक्रबार नै उनलाई झापाबाट काठमाडौं ल्याइएको थियो।
२ सातादेखि फरार रहेका उनलाई असाम प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रसाईंसहित उनका सहयोगी दीपक खड्का पनि पक्राउ परेका छन्।
चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बन्दा २ जनाको ज्यान गएको थियो।