BIZMANDU
www.bizmandu.com

नेपाल सुपर लिग : शीर्ष स्थान ताक्दै धनगढी र काठमाडौं, प्लेअफका लागि बढ्दै प्रतिस्पर्धा

२०८१ चैत्र २९

नेपाल सुपर लिग : शीर्ष स्थान ताक्दै धनगढी र काठमाडौं, प्लेअफका लागि बढ्दै प्रतिस्पर्धा
नेपाल सुपर लिग : शीर्ष स्थान ताक्दै धनगढी र काठमाडौं, प्लेअफका लागि बढ्दै प्रतिस्पर्धा


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्। पहिलो संस्करणको च्याम्पियन काठमाडौं र दुई संस्करणको उपविजेता धनगढीबीचको खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ।

Tata
GBIME

यी दुई टोली हालसम्म ४ पटक आमनेसामने भएका छन्। जसमा २ पटक धनगढीले र १ पटक काठमाडौंले खेल जितेको छ। एउटा खेल बराबरीमा रोकिएको थियो।

जारी संस्करणमा धनगढीले ३ खेल खेल्दा १ जित र दुई बराबरीको नतिजा हातपार्दै ५ अंक बनाएको छ। त्यस्तै, ४ खेल खेल्दा काठमाडौंले १ जित, १ हार र २ बराबरी खेल्दै ५ अंक नै बनाएको छ।

हाल तालिकाको शीर्ष स्थानको ललितपुर सिटी एफसीको ४ खेलबाट ८ अंक छ। आजको खेलमा जित निकाल्ने टोलीले ललितपुरसँग अंक बराबरी गर्नेछ।

धनगढीसँग कृतिश रत्न छुन्जु, देवेन्द्र तामाङजस्ता प्रभावशाली नेपाली खेलाडी सँगै अहमद हिजाजी, ओलावाले अफीजजस्ता नेपाली फुटबल बुझेका खेलाडी छन्। अर्कोतर्फ काठमाडौंसँग जिलेस्पी जंग कार्की लगायत भिन्सियन्ट कोजिएल्लो, मोहम्मद बुयाजस्ता प्रभावशाली विदेशी खेलाडी छन्।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजिनले गर्नेछ। खेल दशरथ रंगशालामा गएर हेर्न आईएमई पे र खल्तीबाट टिकट काट्न सकिन्छ। टिकट शुल्क साधारणतर्फ ३ सय र भीआईपीतर्फ ६ सय रुपैयाँ तोकिएको छ।