BIZMANDU
www.bizmandu.com

दुर्गा प्रसाईंसँगै समातिएका अर्का व्यक्ति को हुन्? भारतमा पनि थिए सँगसँगै

२०८१ चैत्र २९

दुर्गा प्रसाईंसँगै समातिएका अर्का व्यक्ति को हुन्? भारतमा पनि थिए सँगसँगै
दुर्गा प्रसाईंसँगै समातिएका अर्का व्यक्ति को हुन्? भारतमा पनि थिए सँगसँगै


काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी प्रर्दशनका कमान्डर दुर्गा प्रसाईंसँगै अर्का एक व्यक्ति पनि समातिएका छन्।

Tata
GBIME
NLIC

भारतमा ‘लोकेट’ भएका प्रसाईंलाई नेपाल प्रहरीले झापाबाट आधिकारिक रुपमा नियन्त्रणमा लिएको छ। प्रसाईं बिहिबार नै भारतको असाममा समातिएका हुन्।

चैत १५ गते तीनकुनेमा दुई जनाको ज्यान जाने गरि भएको अराजक प्रदर्शनपछि उनी फरार भएका थिए। त्यसपछि उनीसहित उनको नजिकका व्यक्तिहरु प्रहरीको खोजी सूचीमा थिए।

प्रहरीले असामबाट प्रसाईंलाई मात्र ‘लोकेट’ गरेर नेपाल ल्याएको होइन। बिहीबार प्रसाईंसँगै उनका सहयोगी दिपक खड्का पनि नियन्त्रणमा आएको प्रहरी स्रोतले जानकरी दिएको छ। प्रहरीका अनुसार खड्का प्रसाईंका अंगरक्षक हुन्।

खड्का दुर्गा प्रसाईंसँगै तीनकुनेबाट ललितपुरको इमाडोल हुँदै भक्तपुर, धुलिखेलबाट झापाको काँकडभिट्टा पुगेका थिए। त्यसपछि सिलगुडी हुँदै आसाम पुगेका थिए।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा र अभियन्ता भनिएका भद्रप्रसाद (स्वागत) नेपाल शुक्रबार राति नै पक्राउ परेका थिए। राजावादी आन्दोलनको नेतृत्व गरेका नवराज सुवेदी घरमै नजरबन्दमा छन्।

प्रहरीले तीनकुने घटनामा दुर्गा प्रसाईंलाई सहयोग गरेका व्यक्तिहरुको अझै खोजि गरिरहेको छ।

प्रदर्शनमा संलग्न भएका मध्ये प्रहरीले हालसम्म करिब २०० जनालाई पक्राउ गरिसकेको छ। केहीलाई सोधपुछ गरेर छाडिएको छ भने।

तीनकुनेको घटनामा कीर्तिपुर-४ का २९ वर्षीय सविन महर्जन र एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।