BIZMANDU
www.bizmandu.com

तीनकुनेमा भिडलाई उक्साएर भागेका दुर्गा प्रसाईं पक्राउ, भारतबाट समातिएपछि गृहमा ब्रिफिङ

२०८१ चैत्र २८

तीनकुनेमा भिडलाई उक्साएर भागेका दुर्गा प्रसाईं पक्राउ, भारतबाट समातिएपछि गृहमा ब्रिफिङ
तीनकुनेमा भिडलाई उक्साएर भागेका दुर्गा प्रसाईं पक्राउ, भारतबाट समातिएपछि गृहमा ब्रिफिङ


काठमाडौं । तीनकुेनमा अराजकता मच्चाएर भागेका विवादित व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

आज प्रसाईंलाई भारतमा नियन्त्रणमा लिएको खुलेको हो।। उनलाई नियन्त्रणमा लिइएको बारे गृह मन्त्रालयमा ब्रिफिङ गरिएको थियो। उनलाई नेपाल ल्याइँदैछ।

दुई साता अघि तीनकुनेमा राजसंस्था फर्काउने भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन भएको थियो। सो प्रदर्शका क्रममा प्रसाईंले भिडलाई उक्साउँदै विमानस्थल र संसद भवन कब्जा गर्ने भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसपछि प्रसाईंले प्रहरीमाथि नै गाडी चलाएका थिए।

प्रदर्शनकारीहरुले तीनकुनेमा निजी घरसँगै पार्टी कार्यालय र मिडियामाथि तोडफोड गरेका थिए। निजी घरमा आगो लगाउँदै त्यहाँ एकजना पत्रकारको समेत मृत्यु भएको थियो।

यस्तै, कोटेश्वरमा भाटभटेनीमा लुटपाट मच्चाइएको थियो।

प्रसाईं भिड आफ्नो नियन्त्रणभन्दा बाहिर गएपछि गाडी चढेर भागेका थिए। उनले भागे पछि सामाजिक संजालमा आफू भारतमा नभइ नेपालमै भएको भिडियो भने हालिरहेका थिए।

नेपाल प्रहरीले भने उनी भारतमै पुगेको भनी खोजी गरेको थियो।