BIZMANDU
www.bizmandu.com

प्रभावशाली देखिएको एफसी चितवनको पहिलो हार, शीर्षस्थानमा उक्लियो ललितपुर सिटी

२०८१ चैत्र २८

प्रभावशाली देखिएको एफसी चितवनको पहिलो हार, शीर्षस्थानमा उक्लियो ललितपुर सिटी
प्रभावशाली देखिएको एफसी चितवनको पहिलो हार, शीर्षस्थानमा उक्लियो ललितपुर सिटी

काठमाडौं। ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्षस्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा एफसी चितवनलाई २-१ गोलले हराउँदै ललितपुर शीर्षस्थानमा उक्लिएको हो।

Tata
GBIME
Nepal Life

खेलको तेस्रो मिनेटमै ललितपुरले खेलमा अग्रता बनाएको थियो। ललितपुरका लागि पहिलो गोल इमोह इजेकिएलले गरे। पहिलो हाफमा चितवन एक गोलले पछि रह्यो।

दोस्रो हाफमा भने चितवन खेलमा फर्कन सफल भयो। खेलको ७४ औँ मिनेटमा चितवनका भिक्टर मनासारेले गोल गर्दै खेल बराबरीमा ल्याए। तर, ८० औँ मिनेटमा ललितपुरका मणीकुमार लामाले फ्रिकिकबाट सिधा गोल गर्दा साविक विजेता ललितपुर सिटीले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

जितसँगै ४ खेलमा २ बराबरी र २ जित निकालेको ललितपुर ८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा समान खेलमा २ जित १ हार र १ बराबरी खेलेको चितवन ७ अंकसहित छ।