BIZMANDU
www.bizmandu.com

उदयपुरको कटारीमा निर्माणाधीन पुल बाढीले भाँचियो, २ करोडको क्षति भएको अनुमान

२०८१ चैत्र २८

उदयपुरको कटारीमा निर्माणाधीन पुल बाढीले भाँचियो, २ करोडको क्षति भएको अनुमान
उदयपुरको कटारीमा निर्माणाधीन पुल बाढीले भाँचियो, २ करोडको क्षति भएको अनुमान


काठमाडौं। वर्षापछि आएको बाढीले बिहीबार उदयपुरको कटारीमा निर्माणाधीन पक्की पुल भाँचिएको छ। कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको हो।

Tata
GBIME
NLIC

सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको वडाध्यक्ष प्रेम थापा क्षेत्रीले बताएको राससले जनाएको छ।

मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो। ५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ ।

‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल भाँचिदा २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मिर्चैया–कटारी–घुर्मी सडक अन्तर्गत दुई वर्षमा चारवटा पुल निर्माणका लागि धरानको सूर्य एन्ड सन प्रालिले २०७९ असार २९ गते २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का सम्झौता गरेको थियो।