BIZMANDU
www.bizmandu.com

कीर्तिपुरको इतिहास र संस्कृति बुझ्दै पदयात्रामा २० देशका कलाकारहरु

२०८१ चैत्र २८

कीर्तिपुरको इतिहास र संस्कृति बुझ्दै पदयात्रामा २० देशका कलाकारहरु
कीर्तिपुरको इतिहास र संस्कृति बुझ्दै पदयात्रामा २० देशका कलाकारहरु


काठमाडौं । नेपाल ट्याटु सम्मेलन २०२५ मा सहभागी हुन आएका २० विभिन्न देशका ५३ जना अन्तर्राष्ट्रिय ट्याटु कलाकारहरु आज कीर्तिपुर पुगेका छन्।

Vigo
GBIME
Tata

कीर्तीपुरको संस्कृतिक र इतिहास बुझ्दै उनीहरु पद‍यात्रामा सहभागी भएका थिए। उनीहरुले चिलान्चो स्तूप र बाघ भैरव मन्दिरसँगै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका सम्पदास्थलहरूको अवलोकन गरेका थिए।

पदयात्रा सहभागीहरुलाई कीर्तिपुर सामुदायिक होमस्टेमा स्वागत गरिएको थियो। कीर्तिपुर स्वयंसेवक समाजद्वारा आयोजित पदयात्राको उद्देश्य कीर्तिपुरको सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्नु रहेको जनाइएको छ।

समाजले नियमित रुपमा सम्पदा पदयात्रा कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

पदयात्रामा नेपालसँगै अमेरिका, बेलायत, जर्मनी, अस्ट्रिया, अष्ट्रेलिया, भारत, सिंगापुर, इटाली, इन्डोनेसिया, कम्बोडिया, फ्रान्स, कोस्टारिका, स्पेन, चीन, टर्कीए, हङकङ, युक्रेन, अर्जेन्टिना र क्यानडाका कलाकारहरु सहभागी थिए।

नेपाल ट्याटु सम्मेलनअप्रिल ११ देखि १३ सम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा आयोजना हुँदैछ।