BIZMANDU
www.bizmandu.com

पर्यटकीय सिजनमा मौसम बन्यो बाधक, लुक्लामा हवाई उडान १० दिनदेखि ठप्प

२०८१ चैत्र २८

पर्यटकीय सिजनमा मौसम बन्यो बाधक, लुक्लामा हवाई उडान १० दिनदेखि ठप्प
पर्यटकीय सिजनमा मौसम बन्यो बाधक, लुक्लामा हवाई उडान १० दिनदेखि ठप्प

काठमाडौं। मौसमी प्रतिकूलताका कारण १० दिनयता लुक्लाको हवाई उडान ठप्प भएको छ।

Tata
GBIME

तुवाँलोले भिजिबिलिटीमा समस्या हुँदा लुक्लामा उडान ठप्प भएको हो। पर्यटकीय सिजनको सुरुमा उडान ठप्प हुँदा त्यसले आफूहरुलाई ठूलो धक्का लागेको वायुसेवा कम्पनीहरुले बताएका छन्।

समिट एयरका प्रबन्ध निर्देशक एवं वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले लुक्लामा चैत १९ देखि उडान ठप्प रहेको बताए।

‘काठमाडौं र मन्थलीबाट लुक्लातर्फ हिजोसम्म तुवाँलोका कारण उडान हुन सकेको थिएन,’ उनले भने, ‘आज पानी परेकाले उडान सञ्चालन हुन सकेको छैन। इनरुट वेदर नै खराब भएकाले भीएफआर नहुँदा सेवा दिन नसकिएको अवस्था छ।’

पर्यटकीय सिजनमा लुक्लामा एउटा जहाजले ६ वटासम्म उडान गर्दै आएको थियो। कार्कीका अनुसार मौसममा खराबीले लुक्लामा हेलिकोप्टरको उडान पनि प्रभावित भएको छ।