BIZMANDU
www.bizmandu.com

कुवेतलाई हराउँदै नेपाल लगातार दोस्रो खेलमा पनि विजयी, कुशल र आशिफको अर्धशतक

२०८१ चैत्र २८

कुवेतलाई हराउँदै नेपाल लगातार दोस्रो खेलमा पनि विजयी, कुशल र आशिफको अर्धशतक
कुवेतलाई हराउँदै नेपाल लगातार दोस्रो खेलमा पनि विजयी, कुशल र आशिफको अर्धशतक


काठमाडौं। नेपाली क्रिकेट टोलीले कुवेतलाई हराएको छ। हङकङमा जारी चारदेशीय टी-२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ४ विकेटले हराएको हो।

Tata
GBIME

हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा सुरुवाती ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो।

खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भास्वरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दरुवनले २६ तथा कप्तान मोहम्मद अस्लमले १७ रन बनाए।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ६ छक्का र चौका प्रहार गर्दै ८१ रन बनाए। त्यस्तै, आशिफ शेखले ३८ बलमा ५३ रन बनाए। त्यस्तै नेपाललाई रनको आवश्यकता परेको समयमा आएका दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए।

बलिङतर्फ कुवेतका यसिन पटेलले २ विकेट लिँदा मोहम्मद सफिक र मोहम्मद अस्लमले समान १ विकेट लिए।

नेपालले तेस्रो खेलमा शनिबार हङकङसँग खेल्नेछ।