BIZMANDU
www.bizmandu.com

च्याम्पियन्स लिग: लेवान्डोस्कीको दोहोरो गोलको सहायतामा बार्सिलोनाको प्रभावशाली जित

२०८१ चैत्र २८

च्याम्पियन्स लिग: लेवान्डोस्कीको दोहोरो गोलको सहायतामा बार्सिलोनाको प्रभावशाली जित
च्याम्पियन्स लिग: लेवान्डोस्कीको दोहोरो गोलको सहायतामा बार्सिलोनाको प्रभावशाली जित


बार्सिलोनाले बोरिसिया डर्टमण्डमाथि फराकिलो जित निकालेको छ। यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगअन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४-० गोलले हराएको हो।

Tata
GBIME

५० हजार दर्शकबीच खेलको २५ औँ मिनेटमा राफिन्हाको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा रोवर्ट लेवान्डोस्कीले अग्रता बढाए। उनले खेलको ४८ र ६६ औँ मिनेटमा गोल गर्दा ७७ औँ मिनेटमा लामिन यमलले गोल थपे। लेवान्डोस्कीको दुबै गोलमा असिस्ट गरेका राफिन्हाले गरेका थिए। योसँगै बार्सिलोनाले ४-० को प्रभावशाली जित निकाल्न सफल भयो।

दोस्रो लेगमा १५ अप्रिलमा बार्सिलोना र डर्टमण्ड जर्मनीमा आमनेसामने हुनेछन्।

गएराति नै सम्पन्न अर्को क्वाटरफाइनलको पहिलो लेगकै खेलमा फ्रेन्च क्लब पीएसजीले इङ्ग्लिस क्लब एस्टोन भिल्लाई ३-१ गोलले हराएको थियो।