BIZMANDU
www.bizmandu.com

लगातार दोस्रो जितको खोजीमा नेपाल र कुवेत, पहिला फिल्डिङ गर्दै

२०८१ चैत्र २८

लगातार दोस्रो जितको खोजीमा नेपाल र कुवेत, पहिला फिल्डिङ गर्दै
लगातार दोस्रो जितको खोजीमा नेपाल र कुवेत, पहिला फिल्डिङ गर्दै


काठमाडौं। नेपाली क्रिकेट टोलीले कुवेत बिरुद्ध पहिला फिल्डिङ गर्दैछ। चार देशीय टी-२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

Tata
GBIME

आजको खेलमा दुबै टोली लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले आफ्नो पहिलो खेलमा कतारमाथि ८ विकेटको प्रभावशाली जित निकालेको थियो। अर्कोतर्फ कुवेतले घरेलु टोली हङकङलाई ४ विकेटले हराएर प्रभावशाली सुरुवात गरेको थियो।

यो सिरिजमा नेपालसहित हङकङ, कुवेत र कतारको सहभागिता छ।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी