काठमाडौं। पोखरा थण्डर्स र धनगढी एफसी बराबरीमा रोकिएका छन्। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढी र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीले अधिकांश समय खेलमा पकड बनाए पनि गोल भने गर्न सकेन। ५१ औँ मिनेटमा पोखराका सुदील राईको उत्कृष्ट प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। अर्कोतर्फ धनगढीको प्रहारमा पोखराका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउहरु गरे। ८० औँ मिनेटमा धनगढीमा अहमद हिजाजी वान भर्सेस वानको अवसरमा पनि गोल गर्न चुकेका थिए।
योसँगै धनगढी शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ। उसले तीन खेलबाट ५ अंक बनाएको छ। ललितपुर सिटी र काठमाडौं रेजर्स पनि ५ अंक बनाउँदै शीर्ष चारभित्र छन्। शीर्षस्थानमा ७ अंक बनाएको ललितपुर सिटी छ। अर्कोतर्फ ४ अंक बनाएको पोखरा तालिकाको पाँचौँ स्थानमा छ।