BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंक नाफामा कर्जा नोक्सानी व्यवस्थाले भरथेग, २.८१ प्रतिशत वृद्धि हुँदा कुनको कति?

२०८१ चैत्र २७

वाणिज्य बैंक नाफामा कर्जा नोक्सानी व्यवस्थाले भरथेग, २.८१ प्रतिशत वृद्धि हुँदा कुनको कति?
वाणिज्य बैंक नाफामा कर्जा नोक्सानी व्यवस्थाले भरथेग, २.८१ प्रतिशत वृद्धि हुँदा कुनको कति?

काठमाडौं। आर्थिक शिथिलताले व्यवसाय बढाउन नसक्दा त्यसको असर वाणिज्य बैंकहरुको ब्यालेन्स सिटमा परेको छ।

Tata
GBIME

चालु आर्थिक वर्ष ८ महिनामा वाणिज्य बैंकहरुले पोहोरको सोही अवधिको तुलनामा मुनाफा जम्मा २.८१ प्रतिशतले बढाएका छन्। यो वृद्धि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।

२० वटा बैंकले ८ महिनामा ४३ अर्ब ४९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। ११ बैंकले नाफा बढाउँदा ९ वटाको भने खुम्चिएको छ।

नेपाल बैंकको नाफा सबैभन्दा धेरै १३२.९ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ।

राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था घटाएको थियो।

राष्ट्रिय वाणिज्य, हिमालयन, एनआइसी एशिया, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा भने खुम्चिएको छ।

वाणिज्य बैंकहरुको मुनाफा रु दश लाखमा

बैंक२०८१/८२ फागुनसम्म
२०८०/८१ फागुनसम्म
फरक
प्रतिशत
नेपाल २,९८७.९६१,२८२.९५१३२.९
राष्ट्रिय वाणिज्य१,७२३.९६२,८७७.६६-४०.०९
नबिल ४,७८७.६८४,७२४.२११.३४
नेपाल इन्भेष्टमेन्ट मेगा४,०८५.७३२,८०४.५३४५.६८
स्टान्डर्ड चार्टर्ड २,१७५.२७२,०८९.६७४.१
हिमालयन १,६६९.७८१,९४८.३६-१४.३
नेपाल एसबिआइ १,२४९.०५१,००८.०२२३.९१
एभरेष्ट ३,००८.८६२,२९३.४७३१.१९
एनआइसी एशिया ८१९.९९२,५४२.४४-६७.७५
माछापुच्छ्रे १,१६२.२७१,१६४.८४-०.२२
कुमारी ९६९.१११,४२४.६७-३१.९८
लक्ष्मी१,९९२.७२१,८२०.६८९.४५
सिद्धार्थ १,२१६.९३१,६९६.५४-२८.२७
कृषि ७३८.०३१,९७६.७६-६२.६६
ग्लोबल आइएमई४,७२९.४८३,४३३.०९३७.७६
सिटिजन्स १,१६१.६०१,२२६.५३-५.२९
प्राइम २,५०३.०६२,८८७.८०-१३.३२
एनएमबि २,७१६.७११,९२५.२८४१.११
प्रभु २,११५.०६१,५१४.५८३९.६५
सानिमा १,६८३.२२१,६६४.८२१.११
जम्मा ४३,४९६.४७४२,३०६.९०२.८१
स्रोत : राष्ट्र बैंक