BIZMANDU
www.bizmandu.com

सेयर बजार ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा, ४ अर्ब ४८ करोडको कारोबार

२०८१ चैत्र २७

सेयर बजार ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा, ४ अर्ब ४८ करोडको कारोबार
सेयर बजार ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा, ४ अर्ब ४८ करोडको कारोबार


काठमाडौं। सेयर बजार उकालो लागेको छ। बुधबार नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ। कारोबारमा आएका बैंकिङ र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME
NLIC

१५४ कम्पनीका लगानीकर्ताले‍ कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

९० कम्पनीको मूल्य घटेको छ। सिन्धु विकास बैंकको सर्वाधिक ७.४७ प्रतिशतले मूल्य घटेको छ। नेप्से सूचक बढ्दा कारोबारममा गिरावट आएको छ।

मंगलबार ५ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

नेपाल इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सीएचडीसी ३० करोड २२ लाख, हिमालयन रि-इन्सयोरेन्स २७ करोड ४४ लाख र नेपाल रि-इन्स्योरेन्सको २२ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।