BIZMANDU
www.bizmandu.com

काठमाडौंका केही ठाउँमा असिना पानी, नेपाल-अफगानिस्तानबीचको क्रिकेट प्रभावित

२०८१ चैत्र २७

काठमाडौंका केही ठाउँमा असिना पानी, नेपाल-अफगानिस्तानबीचको क्रिकेट प्रभावित
काठमाडौंका केही ठाउँमा असिना पानी, नेपाल-अफगानिस्तानबीचको क्रिकेट प्रभावित

काठमाडौं। काठमाडौंका केही स्थानमा भने बुधबार दिउँसो असिना पानी परेको छ। कागेश्वरी मनोहरा नगर क्षेत्रमा दिउँसो असिनासहितको पानी परेको हो। मुलपानी क्रिकेट ग्राउन्डमा भइरहेको तीन खेलको एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत नेपाल-अफगानिस्तान बीचको अन्तिम खेल वर्षाका कारण रोकिएको छ।

Tata
GBIME
Nepal Life

वर्षाका कारण खेल रद्द भएको छ। मौसम पूर्वअनुमान महाशाखाले बुधबारदेखि देशका विभिन्न जिल्लामा वर्षासहित हिमपात हुने जानकारी दिएको छ। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। समयमा नै वर्षा नहुँदा जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। जसले गर्दा काठमाडौं लगायत जिल्लामा तुँवालोले वायु मण्डल ढाकेको छ।