BIZMANDU
www.bizmandu.com

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला पहिलो कारोबार ?

२०८१ चैत्र २७

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला पहिलो कारोबार ?
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला पहिलो कारोबार ?

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बुधबार नेप्से र कम्पनीले सूचीकरण सम्झौता गरेका छन्।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सको ७५ लाख कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले चुक्ता पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो।

यसबाहेक ५२ लाख ५० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको हो। सूचीकृत भएको भोलिपल्टदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुन्छ।

क्रेस्ट माइक्रो लाइफको सेयर बिहीबारदेखि कारोबारमा आउनेछ। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १००.८६ देखि ३०२.५८ रुपैयाँ ओपनिङ रेन्ज दिएको छ।

इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गरेको थियो।