BIZMANDU
www.bizmandu.com

मिराया वेलनेस रिसोर्टले ल्यायो नयाँ वर्षको अफर, १० हजारको प्याकेजमा के-के छन् सुविधा?

२०८१ चैत्र २७

मिराया वेलनेस रिसोर्टले ल्यायो नयाँ वर्षको अफर, १० हजारको प्याकेजमा के-के छन् सुविधा?
मिराया वेलनेस रिसोर्टले ल्यायो नयाँ वर्षको अफर, १० हजारको प्याकेजमा के-के छन् सुविधा?

काठमाडौं। मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले नयाँ वर्ष २०८२ का अवसरमा सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेजको घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

आगामी चैत ३१ गते साँझ देवचुलीस्थित मिरायामा विशेष अफर सहितको ‘नयाँ वर्ष सांस्कृतिक साँझ’ कार्यक्रम आयोजना हुने होटलले जनाएको छ। मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा संचालनमा रहेको होटल हो।

नेपालको प्रिमियर इको-वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित मिराया सीजी शाश्वतधामको परिवेशमा अवस्थित छ। मिरायाका अनुसार नयाँ वर्षको साँझ नेपाली मौलिक परम्परा र संस्कृतिको जर्गेना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिनेछ।

उक्त साँस्कृतिक साँझमा थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन्। थारू संस्कृति र परम्परालाई नजिकबाट अनुभूति गराउने यो कार्यक्रम उन्नति कल्चर भिलेजको सहकार्यमा आयोजना हुँदैछ।

अतिथिहरूलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बार्बिक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको होटलले जानकारी दिएको छ।

मिरायाले नयाँ वर्ष लक्षित प्याकेज स्वरुप प्रति व्यक्ति ९ हजार ९९९ रुपैयाँको दरमा (कम्तीमा २ जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ। यसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ।

४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज ४ हजार रुपैयाँमा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा सेयर गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ। डिनर मात्रको दर प्रति व्यक्ति ६ हजार ५०० रुपैयाँ नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो। ४-१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।

यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ। स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेको छ।