काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो।
७ वर्ष अवधिको ऋणपत्रमा ७ प्रतिशत ब्याजदर तोकिएको छ। बैंकले कुल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
सर्वसाधारणका लागि छुट्याएको ऋणपत्रमध्ये ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
अंकित मूल्य १००० रुपैयाँ दरको ऋणपत्रमा लगानीकर्ताले २५ देखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्कासन छिटोमा वैशाख १० गते र ढिलोमा २१ गते बन्द हुने बिक्री प्रबन्धकले जनाएको छ।
बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।