BIZMANDU
www.bizmandu.com

अफगानिस्तानविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल, टस हारेर ब्याटिङ गर्दै

२०८१ चैत्र २७

अफगानिस्तानविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल, टस हारेर ब्याटिङ गर्दै
अफगानिस्तानविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल, टस हारेर ब्याटिङ गर्दै


काठमाडौं। नेपाली यू-१९ टोलीले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। तीन खेलको सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको हो। खेल मुलपानी क्रिकेट मैदानमा हुँदैछ।

Tata
GBIME

यसअघिका दुबै खेलमा जित निकालेको अफगानिस्तानले सिरिज भने जितिसकेको छ। आजको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ भने अफगानिस्तानको नजर ‘क्लिन स्वीप’ मा रहनेछ। यसअघि पहिलो खेलमा अफगानिस्तानले पहिलो खेलमा १३० रन र दोस्रो खेलमा १ रनको जित निकालेको थियो।

ब्याटिङमा अफगानिस्तानका फैसल सिनोजादाको प्रभावशाली प्रदर्शन रहँदै आएको छ भने नेपाली टोलीमा निरज कुमार यादव प्रभावकारी बन्न सक्छन्। उनीसँगै बलिङ अलराउण्डर सन्तोष यादव पनि उच्च लयमा छन्।

नेपाल र अफगानिस्तान दुबैले यू-१९ विश्वकप छनोटको तयारीका लागि यो सिरिज खेलेका हुन्।

नेपालको प्लेइङ ११

नरेन भट्ट (कप्तान), निरजकुमार यादव, दयानन्द मण्डल, शाहिल पटेल, रोशन बिके, दिल्साद अली, दर्स सुनार, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव, विपिन शर्मा