BIZMANDU
www.bizmandu.com

चार देशीय सिरिज: नेपालले टस जितेर फिल्डिङ रोज्यो, कतार ब्याटिङ गर्दै

२०८१ चैत्र २७

चार देशीय सिरिज:  नेपालले टस जितेर फिल्डिङ रोज्यो, कतार ब्याटिङ गर्दै
चार देशीय सिरिज: नेपालले टस जितेर फिल्डिङ रोज्यो, कतार ब्याटिङ गर्दै


काठमाडौं। नेपाली क्रिकेट टोलीले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कतारलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME

चारदेशीय सिरिजमा नेपालसहित हङकङ, कतार र कुवेत छन्। सबैभन्दा माथिल्लो वरीयताको नेपाल सिरिज जित्ने लक्ष्यका साथ हङकङ पुगेको छ।

टी-२० फर्म्याटमा नेपाल र कतारबीचको पछिल्ला दुई खेलमा दुबै एकएक खेल जितेका छ। पछिल्लो भेटमा सन् २०२४ मा नेपालले एएसीसी प्रिमियर कपमा कतारलाई हराएको थियो भने कतार सन् २०१९ मा पारस खड्काको कप्तानीमा रहेको नेपाललाई विश्वकप छनोट अन्तर्गतको खेलमा ४ विकेटले हराएको थियो।

आजको खेलबाट नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका छन्।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी