लखनउ सुपर जायन्टले कोलकाता नाइट राइडर्सलाई हराएको छ। कोलकातास्थित इडन गार्डन स्टेडियममा सम्पन्न खेलमा लखनउले घरेलु टोलीलाई ४ रनको झिनो अन्तरले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक अविजित ८७ रन बनाउँदा मिचेल मार्सले ८१ रन र ऐडन मार्कमले ४७ रन बनाए।
बलिङमा कोलकाताका हर्षित रानाले २ तथा आन्द्रे रसेलले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ७ विकेट गुमाएर २३४ रनमा समेटियो। कोलकाताका अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाउँदा वेङकटेस ऐय्यरले ४५, सुनिल नारेनले ३० तथा क्विन्टन डीककले १५ रन बनाए।
कोलकाताका रिंकु सिंह १५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ३८ रन बनाएर लक्ष्यको नजिक टोलीलाई पुर्याए पनि सफल हुन सकेनन्।
बलिङमा लखनउका आकाश दीप र सार्दुल ठाकुरले समान २ विकेट लिँदा आभेष खान, दिग्भेस राठी र रवि विश्नोइले समान १ विकेट लिए। आजै दोस्रो खेलमा चेन्नइ सुपर किंग्सविरुद्ध टस जितेर पञ्जाव किंग्स ब्याटिङमा उत्रिएको छ।