BIZMANDU
www.bizmandu.com

ओलीले गरे अटो व्यवसायीको प्रशंसा, ‘रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान छ’

२०८१ चैत्र २६

ओलीले गरे अटो व्यवसायीको प्रशंसा, ‘रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान छ’
ओलीले गरे अटो व्यवसायीको प्रशंसा, ‘रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान छ’


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अटो व्यवसायीले रोजगरी सिर्जनामा महत्त्वपूर्ण योगदान गरिरहेको बताएका छन्।

Tata
GBIME
NLIC

नाडा अटोमोबाइल्स एसोसियन अफ नेपालले मंगलबार काठमाडौंमा गरेको अटो डाइलगलमा भिडियो सन्देश पठाउँदै उनले अटो व्यवसायीले रोजगारी सिर्जनाका साथै देशमा नयाँ प्रविधि भित्र्याउने काम गरिरहेको बताए।

‘अटो व्यवसायीले रोजगारी सिर्जना गर्नेदेखि नयाँ प्रविधिलाई भित्र्याउने काम गरिरहेका छन्। जसले गर्दा उद्योगधन्दामा ठूलो टेवा पुगेको छ,’ उनले भने, ‘साथै गाउँलाई सहरसँग जोड्ने काम पनि अटो क्षेत्रले गरेको छ।’

उनले विद्युतीय सवारीसाधनको प्रवर्धनमा पनि व्यवसायीहरुको योगदान रहेको बताए।