BIZMANDU
www.bizmandu.com

नेपाल-भारत भन्सार महानिर्देशक स्तरीय वार्ता बिहीबारदेखि, सरकारले बनायो समिति

२०८१ चैत्र २६

नेपाल-भारत भन्सार महानिर्देशक स्तरीय वार्ता बिहीबारदेखि, सरकारले बनायो समिति
नेपाल-भारत भन्सार महानिर्देशक स्तरीय वार्ता बिहीबारदेखि, सरकारले बनायो समिति


काठमाडौं। नेपाल र भारतबीच भन्सारमा विद्यमान समस्याबारे दुई देशका अधिकारीबीच छलफल हुने भएको छ। चैत २८ र २९ गते काठमाडौंमा नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ता हुने भएको हो।

Tata
GBIME

दुई दिने वार्ताका लागि सरकारले भन्सार विभागका महानिर्देशक महेश भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ।

कतिपय नेपाली वस्तु निर्यातमा भारतीय भन्सारले विभिन्न किसिमका व्यवधान खडा गरिरहेका बेला दुई देशबीच हुन लागेको वार्तालाई उद्योगी व्यवसायीहरुले निक्कै चासो दिएका छन्।