काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। मंगलबार लघुवित्तको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर थपिएको हो।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पुँजी ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ।
लघुवित्तले २०७९/८० मा पनि ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।