काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा प्रदर्शन गरिरहेको छ। राजसंस्था पुन:स्थापना गर्ने भन्दै प्रदर्शनमा होमिएको राप्रपाका कारण सो क्षेत्रमा सवारी आवागमन डाइभर्ट गरिएको छ।
यस्तो प्रदर्शनका क्रममा प्रायजसो पसलहरु खुला नै रहन्थे। घरमा पनि निर्वाध आवतजावत चल्थ्यो। तर, दुई साता अघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको असर बल्खुमा देखिएको छ।
सडकमै स्टेज बनाएको राप्रपाका नेताहरुले सम्बोधन गरिरहेका छन्।
प्रदर्शनस्थलभन्दा केही किलोमिटर टाढासम्म पसलहरु बन्द गरिएको छ। केही घरमा समेत ताला लगाइएको छ।
कलंकीको खसीबजारमा रहेकव भाटभटेनी र सानेपामा रहेको नेपाली कांग्रेसको कार्यालयमा सुरक्षा बढाइएको छ।
तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन उग्र बन्दा प्रदर्शनकारीहरुले सरकारी र नीजि सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
तीनकुने घटनाबाट पाठ सिक्दै बल्खु क्षेत्रमा धेरै संख्यामा प्रहरी तैनाथ गरिएको छ।