BIZMANDU
www.bizmandu.com

नयाँ वर्षको अवसरमा सीजीले ल्यायो ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान, ३० हजारसम्म क्यासब्याक

२०८१ चैत्र २६

नयाँ वर्षको अवसरमा सीजीले ल्यायो  ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान, ३० हजारसम्म क्यासब्याक
नयाँ वर्षको अवसरमा सीजीले ल्यायो ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान, ३० हजारसम्म क्यासब्याक

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ।

Tata
GBIME

यो अभियान अन्तर्गत गोदरेजले ३० हजार रुपैयाँ सम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर घोषणा गरेको हो।

अभियानका मुख्य आकर्षणहरुमा चेस्ट फ्रिजर र सिन्गल डोर रेफ्रिजिरेटरमा आकर्षक क्यासब्याक रहेको छ। साथै, डबल डोर रेफ्रिजिरेटरमा नि:शुल्क फ्राइ प्यान वा कासेरोल प्राप्त गर्न सकिनेछ। साइड बाइ साइड रेफ्रिजिरेटरमा नि:शुल्क मिक्सर ग्राइन्डर प्राप्त हुनेछ।

यस्तै, माइक्रोवेभ ओभरको खरिदमा नि:शुल्क कुकिङ किट, एयर कन्डिस्नरको खरिदमा नि:शुल्क इनस्टलेसन र डेलिभरी हुनेछ। वासिङ मेसिनको मोटरमा अभियान अन्तर्गत १० वर्षको वारेन्टी प्राप्त हुनेछ।

शून्य प्रतिशत इएमआइ र पुरानो सामानसँग साट्ने सीजीएक्स फ्लेक्स सुविधा पनि यो अभियान अन्तर्गत उपयोग गर्न पाइनेछ।

यो अफर नेपालभरि रहेको सीजी इलेक्ट्रोनिक्सको गोदरेज आउटलेटहरूमा सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।