काठमाडौं । फोनपोइन्ट्स र आइएमएस सफ्टवेयर बीचको सहकार्य हुने भएको छ। यो सहकार्यसँगै २० हजरभन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु हुने भएको छ।
यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु रहेको जनाइएको छ। सम्झौतासँगै अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नहुने र केवल एक कोड देखाउने बित्तिकै तुरुन्तै बिलमा छुट हुने भएको छ।
सुरुवाती छुट अफरहरू सेल्सबेरीका का सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुङ्गा शाखामा उपलब्ध छन्। त्यहाँ बाल्ट्राका उत्पादन खरिद मा १२ प्रतिशत (२०० रुपैयाँसम्म) छुट हुनेछ।
यस्तै, पिज्जा वर्ल्ड, बोधी बुक्स एक्स बेक्स, दी ए ला लन्जमा १५ प्रतिशत छुट प्राप्त हुनेछ। साथै, जिन्सवेस्टमा १५ प्रतिशत र हेल्मेट्स नेपालमा १० प्रतिशत छुट प्राप्त हुनेछ। अन्य रष्टुराँ र आउटलेटमा पनि अफर राखिएको छ।
फोनपोइन्ट्स र आइएमएस सफ्टवेयर बीचको साझेदारीले अब नेपाली खुद्रा बजारमा छुट प्राप्त गर्ने प्रक्रिया अझ सहज र ग्राहक अनुकूल बनाएको कम्पनीको दाबी छ। यो नयाँ प्रणालीले ग्राहकहरूलाई किनमेल गर्दा तुरुन्तै छुट प्राप्त गर्नका लागि सरल र सहज उपाय प्रदान गर्ने र व्यापारीहरूलाई पनि छिटो र प्रभावकारी रूपमा छुट लागू गर्ने अवसर प्रदान गर्ने जनाइएको छ।