BIZMANDU
www.bizmandu.com

आज पनि घट्यो सुनको मूल्य, प्रति तोला एक लाख ७३ हजार ४०० रुपैयाँ

२०८१ चैत्र २६

आज पनि घट्यो सुनको मूल्य, प्रति तोला एक लाख ७३ हजार ४०० रुपैयाँ
आज पनि घट्यो सुनको मूल्य, प्रति तोला एक लाख ७३ हजार ४०० रुपैयाँ

काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोला एक लाख ७४ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

सोमबार सुनको मूल्य ७०० रुपैयाँ घटेर प्रति तोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य मंगलबार स्थिर छ। सोमबार तोलामा ३० रुपैयाँ बढेर चाँदी प्रति तोला एक हजार ८३० रुपैयाँ पुगेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस ३००१.९६ डलरमा आइपुगेको छ। चाँदी मूल्य भने बढेर प्रतिऔंस  ३०.१६ डलर छ।

सोमबार सुन प्रतिऔंस ३०२८.१५ डलर थियो भने चाँदी प्रतिऔंस ३०.१ डलर थियो।