BIZMANDU
www.bizmandu.com

अटो क्षेत्रलाई बलियो बनाउन नाडाले राख्यो सरकारसँग इभीबारे स्थिर नीतिको माग

२०८१ चैत्र २६

अटो क्षेत्रलाई बलियो बनाउन नाडाले राख्यो सरकारसँग  इभीबारे स्थिर नीतिको माग
अटो क्षेत्रलाई बलियो बनाउन नाडाले राख्यो सरकारसँग इभीबारे स्थिर नीतिको माग

नाडा अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले विद्युतीय गाडी (इभी) मा स्थिर नीति बनाउनुपर्ने बताएका छन्।

Tata
GBIME

आज नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले आयोजना गरेको नाडा अटो डाइलग २०८१ मा उनले सरकारसँग स्थिर नीति माग गरेका हुन्।

राष्ट्र बैंकले इभी किन्दा ऋण सुविधा पाउने नीतिमा हेरफेर गरेको प्रसंग निकाल्दै उनले असन्तुष्टिसमेत व्यक्त गरेका छन्।

‘अटो क्षेत्रलाई अझै बलियो बनाउन सरकारले नीतिगत व्यवस्था गरोस्। नाडाको माग सम्पूर्ण सवारीमा ८० प्रतिशत ऋणको व्यवस्था भन्ने थियो। तर, इभीमा घटाउँदा समस्या भएको छ। त्यसमा नाडा सकारात्मक छैन। हामी अब ग्रीन मोबिलिटी तिर जानु पर्छ। त्यसका लागि सरकारले नीति स्थिर रुपमा राख्नु पर्छ,’ उनले भने।

उनले अटो क्षेत्रको देशको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यही क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको पनि बताएका छन्।