BIZMANDU
www.bizmandu.com

अटो क्षेत्रको नीतिबारे छलफल हुन्छ, बजेटबाट समस्या समाधानको प्रयास गर्छौं : अर्थमन्त्री पौडेल

२०८१ चैत्र २६

अटो क्षेत्रको नीतिबारे छलफल हुन्छ, बजेटबाट समस्या समाधानको प्रयास गर्छौं : अर्थमन्त्री पौडेल
अटो क्षेत्रको नीतिबारे छलफल हुन्छ, बजेटबाट समस्या समाधानको प्रयास गर्छौं : अर्थमन्त्री पौडेल


कामाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रबारे तय नीतिबारे छलफल गर्न सकिने बताएका छन्। आज नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले आयोजना गरेको नाडा अटो डाइलग २०८१ मा पौडेलले अटो नीतिसँगै समस्याहरुबारे छलफल गरिने बताएका हुन्।

Tata
GBIME
NLIC

‘अहिले भएका नीति तथा समस्याहरु ढुंगाका अक्षर हैनन्। यसलाई छलफल गर्न सकिन्छ। त्यसले गर्दा हामी बसेर सबै विषयमा छलफल गर्नेछौं। त्यही अनुसार छलफलको निचोडलाई बजेट वा मौद्रिक नितिबाट पनि एड्रेस गर्नेछ,’ उनले भने।

उनले हाल बजेट निर्माणको लागि सुझाव संकलन गरिरहेको जानकारी दिँदै अटो क्षेत्रको देखिएका समस्या तर प्राप्त सुझावहरुलाई पनि बजेटमार्फत सम्बोधन गर्ने प्रयास गर्ने बताए।

‘ यो क्षेत्रको योगदान धेरै छ। समस्याहरुलई बजेटबाट समाधान गर्न तयार छौं,’ उनले भने।

पछिल्लोपटक राष्ट्र बैंकले ल्याएको नयाँ नीतिमा अटो क्षेत्रको गुनासो रहेको भन्दै उनले त्यसलाई पनि राष्ट्र बैंकले बसेर छलफल गर्न सकिने बताए।

‘तर राष्ट्र बैंक स्वायत्त संस्था भएकाले त्यसलाई राजनीतिकरण भने गर्न हुँदैन,’ उनको मत थियो।

उनले अटो क्षेत्रले पछिल्लो समय उत्पादनतर्फ फड्को मारिरहेको भन्दै गुणस्तरमा ध्यान दिएर देशमा उत्पादन गरेर अन्य देशमा पनि निर्यात गर्न सक्ने वातावण बनाउनुपर्नेमा जोड दिएका छन्।

‘त्यो सम्भावना पनि हाम्रो देशमा छ। साथै त्यो वातावरण बनाउन व्यवसायीहरु सक्षम छन्। यसमा सरकारले गर्ने सम्पुर्ण कुराहरु गर्न पनि तयार छ,’ उनले भने।