BIZMANDU
www.bizmandu.com

बुमराहको कमब्याक खेलमा घरेलु मैदानमै मुम्बई पराजित, बेङ्ग्लुरुको ‘थ्रिलर’ जित

२०८१ चैत्र २६

बुमराहको कमब्याक खेलमा घरेलु मैदानमै मुम्बई पराजित,  बेङ्ग्लुरुको ‘थ्रिलर’ जित
बुमराहको कमब्याक खेलमा घरेलु मैदानमै मुम्बई पराजित, बेङ्ग्लुरुको ‘थ्रिलर’ जित


मुम्बई इण्डियन्स रोयल च्यालेन्जर्स बेङ्ग्लुरुसँग पराजित भएको छ। इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न ‘थ्रिलर’ खेलमा मुम्बई इण्डियन्स फिनिसिङमा चुक्दा बेङ्ग्लुरुले १२ रनको जित निकालेको हो।

Tata
GBIME

मुम्बईस्थित वानवेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रन बनायो। मु्म्बईका लागि बिराट कोहलीले सर्वाधिक ६७ रन बनाउँदा रजत पतिदारले ६४, देवदत्त पार्डिकलले ३७ र जितेश शर्माले अविजित ४० रन बनाए।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले समान २ विकेट लिँदा विग्नेस पुथुरले १ विकेट लिए। आईपीएलमा कमब्याक गरेका जसप्रीत बुमराहले भने विकेट लिन सकेनन्।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले भने लक्ष्यको नजिक पुगेर फिनिसिङमा चुक्दा हार ब्यहोर्न पुग्यो। निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मुम्बई २०९ रनमा समेटियो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ५६ रन बनाउँदा कप्तान हार्दिक पाण्डयाले ४२, सूर्यकुमार यादवले २८ र विल ज्याक्सले २२ रनको योगदान दिए।

बलिङमा बेङ्ग्लुरुका क्रुणाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिँदा यस डायल र जोस हेजलवुडले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए।  १९.३ ओभरमा २०३-७ को अवस्थामा रहेको मुम्बईले सोही ओभरमा कूल तीन विकेट गुमाउँदा लक्ष्यमा पुग्न चुकेको थियो।

योसँगै चार खेल खेल्दा तीन जित निकालेको बेङ्ग्लुरु शीर्ष तीनमा छ। शीर्ष तीनमा रहेका दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स र बेङ्ग्लुरुको समान ६ अंक छ। मुम्बई भने पाच खेलमा चार हार ब्यहोर्दै तालिकाको आठौं स्थानमा छ। एनपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपरजायन्ट कोलकातामा भिड्नेछन्। दोस्रो खेल पञ्जाव किंग्स र चेन्नइ सुपर किंग्सबीच मुल्लानपुरमा हुनेछ।