BIZMANDU
www.bizmandu.com

अटो व्यवसायीले मंगलबार ‘नाडा अटो डायलग’ गर्दै, तीनवटा सेसनमा छलफल हुने

२०८१ चैत्र २५

अटो व्यवसायीले मंगलबार ‘नाडा अटो डायलग’ गर्दै, तीनवटा सेसनमा छलफल हुने
अटो व्यवसायीले मंगलबार ‘नाडा अटो डायलग’ गर्दै, तीनवटा सेसनमा छलफल हुने

काठमाडौं। अटो व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार ‘नाडा अटो डायलग’ गर्ने भएको छ।

Tata
GBIME

नाडाले विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिलाई एकै ठाउँमा राखेर नाडा अटो डायलग गर्न लागेको हो। कार्यक्रममा ३ वटा सेसनमा छलफल हुनेछ।

अटो क्षेत्रका लागि दीर्घकालीन नीति, आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी र दीर्घकालीन विकासको लागि मोबिलिटी विषयमा छलफल हुने नाडाले जनाएको छ।

अटो क्षेत्रका लागि दीर्घकालीन खालको नीति निर्माणमा लबिइङस्वरुप नाडाले ‘अटो डायलग’ गर्न लागेको हो।