काठमाडौं। क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १३ आर्थिक वर्षको साधारण सभा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्मको साधारण सभा एकैपटक गरेको हो।
साधारण सभाले १३ आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै मर्जर र प्राप्तिमा जाने निर्णय गरेको छ।
साधारण सभाले संस्थापक सेयरधनीबाट तिलकबहादुर रानाभाट, जगतराज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण सेयरधनीबाट निर्मल दाहाल र मोहन खड्कालाई निर्विरोधरुपमा सञ्चालक चयन गरेको छ।
नेपाल राष्ट्र बैंकले २०६९ मा समस्याग्रस्त घोषणा गरी सामान्य बैंकिङ कारोबारमा रोक लगाएपछि कम्पनीको साधारण सभा हुन सकेको थिएन।
कम्पनीले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याइ बाँकी लेखा परीक्षण सकेर राष्ट्र बैंकको स्वीकृतिमा १३ आर्थिक वर्षको साधारण सभा गरेको हो।