BIZMANDU
www.bizmandu.com

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, थपियो ७३ लाख १४ हजार कित्ता

२०८१ चैत्र २५

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, थपियो ७३ लाख १४ हजार कित्ता
नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, थपियो ७३ लाख १४ हजार कित्ता

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ४ कम्पनीको बोनस सेयर थपिएको छ। नागरिक लगानी कोषसहित ४ कम्पनीको ७३ लाख १४ हजार ५७८.८१ कित्ता बोनस सेयर सोमबार थपिएको हो।

Tata
GBIME

नागरिक लगानी कोषको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै जीवन विकास लघुवित्तको १८ लाख ८६ हजार ५२६.४५ कित्ता बोनस सेयर थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितण गरेको थियो।

कालिका लघुवित्तको ३ लाख ५३ हजार ७०५.६५ कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर दिएको थियो।

यस्तै, राधी विद्युत कम्पनीको ८ लाख ३३ हजार ९०४.७० कित्ता बोनस सेयर थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।