BIZMANDU
www.bizmandu.com

रवि लामिछाने ५९४ कैदीबन्दी भएको भैरहवा कारागारको ब्लक नम्बर ४ मा छुट्टै

२०८१ चैत्र २५

रवि लामिछाने ५९४ कैदीबन्दी भएको भैरहवा कारागारको ब्लक नम्बर ४ मा छुट्टै
रवि लामिछाने ५९४ कैदीबन्दी भएको भैरहवा कारागारको ब्लक नम्बर ४ मा छुट्टै


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई कारागार चलान गरिएको छ। भैरहवास्थित रुपन्देही जिल्ला कारागारको ब्लक नम्बर ४ मा लामिछानेलाई राखिएको छ।

Tata
GBIME
NLIC

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्ने आदेश गरेको केही घण्टामा प्रहरीले काठमाडौंको बुढानिलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो।

शुक्रबार रातभर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर शनिबार बिहानै उनलाई रुपन्देही लगिएको थियो। आइतबार पनि सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गराइएन।

सोमबार बिहान मात्र अदालतमा उपस्थित गराएर थुनुवा पुर्जीसहित उनलाई कारागारमा लगिएको हो। उक्त कारागारमा ४ वटा ब्लक छन्। उनलाई राखिएको कारागारको ब्लकमा अरु थुनुवा छैनन्।

सो कारागारमा ५९४ जना कैदीबन्दी छन्। कैदीबन्दी थपिदै जाँदा लामिछानेको ब्लकमा थपिने कारागारले जनाएको छ।

थुनामा लैजाँदा केही सञ्चारकर्मीले लामिछानेलाई ‘केही भन्नु छ?’ भनेर प्रश्न गरेका थिए। तर उनी ‘केही छैन’ भन्दै हात हल्लाउँदै गएका थिए।

सहकारी ठगी र संगठित अपराधको मुद्दा खेपिरहेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै कारागार पठाएको हो। अहिले पनि उनीविरुद्ध चार जिल्लाका अदालतमा मुद्दा विचाराधीन छन्।

उच्च अदालत कास्कीमा भने जिल्लाको निर्णयविरुद्ध लामिछानेले निवेदन दिएका छन्।