BIZMANDU
www.bizmandu.com

एनआईसी एसिया बैंकले ल्यायो ५ अर्बको ऋणपत्र, वार्षिक ब्याजदर ७ प्रतिशत

२०८१ चैत्र २५

एनआईसी एसिया बैंकले ल्यायो ५ अर्बको ऋणपत्र, वार्षिक ब्याजदर ७ प्रतिशत
एनआईसी एसिया बैंकले ल्यायो ५ अर्बको ऋणपत्र, वार्षिक ब्याजदर ७ प्रतिशत

काठमाडौं। एनआईसी एसिया बैंकले ऋणपत्र बिक्रीमा ल्याएको छ। बैंकले सोमबारदेखि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ‘७ प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०९१’ निष्कासन गरेको हो।

Tata
GBIME

वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र १० वर्षे अवधिको हो। लगानीकर्ताले प्रति कित्ता १,००० दरले २५ देखि अधिकतम २५ लाख कित्ताका लागि ऋणपत्रमा आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ।

ऋणपत्र निष्कासन छिटोमा चैत २८ गते र ढिलोमा २०८२ वैशाख ८ गते सम्म खुला रहनेछ। बैंकले ६० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई निष्कासन गर्नेछ।

सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशतले हुन आउने १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि निष्कासन गर्नेछ। लगानीकर्ताले ‘मेरो सेयर’ अनलाइनबाटै आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस दिएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।