BIZMANDU
www.bizmandu.com

आईपीएल: गुजरातका मोहम्मद सिराजले घातक बलिङ गर्दा हैदराबादको लगातार चौथो हार

२०८१ चैत्र २५

आईपीएल: गुजरातका मोहम्मद सिराजले घातक बलिङ गर्दा हैदराबादको लगातार चौथो हार
आईपीएल: गुजरातका मोहम्मद सिराजले घातक बलिङ गर्दा हैदराबादको लगातार चौथो हार


 सनराइजर्स हैदराबाद फेरि पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले हैदराबादमाथि ७ विकेटको प्रभावशाली जित निकालेको हो।

Tata
GBIME

हैदराबादस्थित राजिव गान्धी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो।

हैदराबादका लागि नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाउँदा हेनरिच क्लासनले २७ तथा प्याट कमिङ्सले अविजित २२ रन बनाउनु बाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन्।

गुजरातका मोहम्मद सिरिज प्रसिल कृष्णा र साइकिशोरले हैदराबादको प्रभावशाली मानिने शीर्ष र मध्यक्रमलाई चल्न दिएनन्। सिराजले सर्वाधिक ४ विकेट लिँदा प्रसिद कृष्णा र साइ किशोरले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ३ विकेट गुमाएर १६.४ ओभरमा लक्ष्य भेट्टायो। गुजरातका लागि कप्तान शुभमन गिलले अविजित ६१ रन बनाउँदा वासिंटन सु्न्दरले ४९ तथा सेरफेन रुथरफोर्डले अविजित ३५ रन बनाए।

बलिङतर्फ हैदराबादका मोम्मद शामीले २ तथा प्याट कमिङ्सले १ विकेट लिए।

हैदराबादको यो लगातार चौथो हार हो। आफ्नो पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद त्यसयताका चार खेलमा पराजित रहँदै अंकतालिकाको पुछारमा छ। अर्कोतर्फ गुजरात ४ खेलमा ६ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आईपीएलमा आज मुम्बइ इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्नेछ। यो खेल साँझ पौने ८ बजे मुम्बईको वानखेडे स्टेडियममा हुनेछ।