BIZMANDU
www.bizmandu.com

लगातार तेस्रो खेलमा पनि बराबरीमा रोकियो झापा, एफसी चितवनको रोकियो जितको शृङ्खला

२०८१ चैत्र २४

लगातार तेस्रो खेलमा पनि बराबरीमा रोकियो झापा, एफसी चितवनको रोकियो जितको शृङ्खला
Ncell Nepal Super League 2025: Match between Jhapa FC and FC Chitwan at Dasharath Stadium in Kathmandu on Sunday 06.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production


काठमाडौं। झापा एफसीले लगातार तेस्रो खेलमा पनि बराबरी खेलेको छ। पहिलो खेलमा बुटवल लु्म्बिनी र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग बराबरी खेलेको झापाले आइतबार सम्पन्न खेलमा एफसी चितवनसँग १-१ गोलको बराबरी खेलेको हो।

Tata
GBIME

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको २७औँ मिनेटमा चितवनले अग्रता बनायो।

पेनाल्टी क्षेत्रभित्र अञ्जन विष्टले प्रहार गरेको बल बुटवलका डिफेन्डरलाई लाग्दै शिशिर लेखीको खुट्टामा पुगेको थियो। उनले निकालेको पासलाई पेनाल्टी क्षेत्रभित्रै रहेका टोरिक जेब्रिइनले गोलमा परिणत गरे।

दोस्रो हाफमा आक्रमक बनेको झापाले चितवनको डिफेन्डरलाई व्यस्त राखिरहे पनि गोल भने गर्न भने सकस पर्‍यो। 

इन्ज्युरी समयमा झापाले पेनाल्टीको अवसर पायो। झापाका आरोन थापालाई चितवनका निरज चौधरीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टीको अवसर पाएको थियो। जसमा गोल गर्दै अलहाजी गेरोले गोल गर्दै खेल बराबरीमा ल्याए। लगातार दुई खेलमा जित निकालेर आज बराबरी खेलेको चितवन तालिकामा ७ अंकसहित शीर्षमा कायम छ। अर्कोतर्फ अघिल्ला दुई खेलमा बराबरी खेलेको झापाको यही खेलमा पहिलो गोल गर्‍यो र ब्यहोर्‍यो पनि।

झापा अंकतालिकाको चौथो स्थानमा छ।